×

डण्डीफोर बिग्रेर अनुहार कुरुप हुन सक्छ,कसरी बच्ने ?

images


काठमाडौं । सामान्यतया युवा अवस्थामा प्रवेश गरेपछि मानिसको अनुहारमा डण्डीफोर आउँछ । यसले कतिपय युवायुवतीको अनुहारै कुरुप पनि बनाइदिन्छ ।

डण्डीफोर आउँदा खानेकुरा बार्नु पर्छ भन्ने छैन । तर चिल्लो पदार्थ धेरै मात्रामा खाने र राती ढिलोसम्म बस्नाले डण्डीफोर फैलन सहयोग पुग्छ ।

उमेरले आउने डन्डिफोर एकपटक आउँछ, हराएर जान्छ । आफैँ हराएन भने चिकित्सकको सल्लाह अनुसार डण्डीफोरको उपचार गर्नेपर्ने हुन्छ ।

डण्डीफोर हटाउने नाममा जथाभावी औषधि प्रयोग गर्ने, हातले चलाउने र जबजस्ती निर्चाेर्ने काम गर्नु हुँदैन । यसले गर्दा बिग्रेर अनुहार कुरुप हुन सक्छ ।

के कारणले आउँछ त डण्डीफोर ?
युवावस्थामा हार्माेनको बृद्धि, पेटको खराबी, रगतको कमी, छाला फोहोर हुनु र विभिन्न प्रकारका क्रिम मलमको प्रयोगका कारण डण्डीफोर आउने गर्छ ।

यस्तै भिटामिन ‘ए’को कमी, चिल्लो पदार्थको बढी सेवन, महिनावारीमा खराबी र पेय पदार्थको असरका कारणले पनि डण्डीफोर आउने गर्दछ ।

कसरी बच्ने?
डण्डीफोरबाट बच्नका लागि सुत्नुअघि तातो पानीले मुख धुने र अनुहारमा तातो पानीको बाफ दिने गर्नुपर्छ ।

बिहान सबेरै उठ्ने बानी बसाल्नु पर्छ र सुर्याेदय भन्दा अगाडि नै घुम्न जाने गर्नुपर्छ । त्यस्तै सुत्नुभन्दा अगाडि जैतुनको तेल अथवा जाइफल दुधमा घोटेर लगाउनाले पनि

डण्डीफोरको फैलावटका कमी आउने गर्छ । डण्डीफोरबाट बँच्नका लागि बिहानै शौचालय जाने वानी बसाल्नुपर्छ 

शुक्रबार​ २९ बैशाख २०८० ०९:५४ AM मा प्रकाशित

प्रतिक्रिया