×

संघीय संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा, उनको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस

images

काठमाडौं । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्। आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको स्रोतले जानकारी दिएको छ। 

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार उनले पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्। उनको कार्यकाल सकिन आठ महिना बाँकी थियो। गौतमले राजीनामा दिनुको कारण खुलिसकेको छैन। उनको राजीनामा र नयाँ महासचिवबारे प्रतिनिधिसभाका समाभुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले छलफल गरेका छन्। 

गौतम २०७७ वैशाखमा संघीय संसदको महासचिव नियुक्त भएका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरिएको थियो।  उनको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस भएका छन् ।

गौतमले आइतबार राजीनामा दिएका थिए । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगेर स्वीकृत भएपछि प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डेको नाम महासचिवका लागि सिफारिस भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका छन् ।

सोमबार २५ मंसिर २०८० ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया