काठमाडौं । आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् ।
महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रधान सेनापति खुल्ला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका हुन् ।
नेपाल आर्मीको मुख्यालय भद्रकालीमा शनिबार आयोजित म्याराथनमा राजनले निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा २० मिनेट ८ सेकेण्डमा पूरा गरे ।
गत मंसिरमा सम्पन्न नेपालगन्ज म्याराथनको उपाधि जितेका आर्मीकै खडकबहादुर खड्काले २ घण्टा २१ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गरी दोस्रो भएभने अघिल्लो संस्करणका च्याम्पियन कृष्ण बस्नेत २ घण्टा २२ मिनेट २२ सेकेन्डमा दुरी पुरागर्दै तेस्रो भए । हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै दीपक अधिकारी र महिलामा नेपाल पुलिसकी राजपुरा पछाईले उपाधि जितेका छन् ।
१३औं दक्षिण एसियाली खेलकुद सागका कांस्य विजेता दीपकले १ घण्टा ४ मिनेट ६ सेकेण्डसहित उपाधि जितेका हुन् । त्यस्तै आर्मीकै मुकेश पाल १ घण्टा ४ मिनेट ५६ सेकेण्डको टाइमिङसहित उपविजेता बन्दा १ घण्टा ५ मिनेट १५ सेकेण्डमा दूरी पूरा गरेका बाग्लुङका तीर्थ पुन तेस्रो भए ।
१ घण्टा १४ मिनेट ३४ सेकेण्डमा दूरी पूरा गर्दै राजपूरा प्रमथ स्थान हासिलगर्दा १ घण्टा १९ मिनेट ३ सेकेण्डसहित आर्मीकी पूर्णलग्क्ष्मी न्यौपाने दोस्रो र १ घण्टा २१ मिनेट २९ सेकेण्डमा दूरी पूरा गरेकी आर्मीकै निर्मला केसी तेस्रो भइन् ।
सैनिक अधिकृत १० किलोमिटर दौडमा पुरुषतर्फ सुजन ऐडी र महिलातर्फ अस्मिता जिसीले उपाधि जिते । १० किलोमिटर छात्रमा पिनाकल एकेडेमीका विकेश घिमिरे र छात्रातर्फ राष्ट्रिय सेवा दलकी सोनी घतानीले उपाधि जितिन् ।
प्रतिक्रिया