×

राष्ट्रिय च्याम्पियन रशिलालाई पराजित गर्दै जेशिका फाईनलमा

images


राष्ट्रिय च्याम्पियन एवं विश्व बरियतामा उच्च स्थानमा रहेकी आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्ग इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को महिला एकल तर्फ फाईनल प्रवेश गरेकीछिन् । जेशिकाले रशिलालाई १८–२१, २१–१६, २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरी संगको भेट पक्का गरेकी छिन् । गिरी र कस्तुरी कलेजकी सिमा राजबंशीविच भएको खेलमा सिमा रिटायर्ड हर्ट भए पश्चात गिरीले फाईनल यात्रा तय गरेकी हुन् । पहिलो सेट ६–२१ ले पराजित भएकी सिमा दोश्रो सेटमा १८–१२ को अग्रता लिईरहेको अवस्थामा घुँडामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन् ।
सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल फाईनल प्रवेश गरेका छन् । प्रफुलले आज सम्पन्न सेमीफाईनलमा पुलिसका बिष्णु कटुवाललाई २१–११, २५–२३ ले पराजित गर्दै उपाधीका लागि पुलिसका प्रिन्स दाहाल संगको भेट पक्का गरेका हुन् । बिश्व बरियतामा जुनियर तर्फ पहिलो नम्बरमा रहिसकेका प्रिन्सले आर्मीका रुकेश महर्जनलाई २१–१४, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
पुरुष युगल तर्फ आर्मीका प्रफुल मजर्हन र रुकेश महर्जनको जोडीले उपाधीका लागि पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् । महर्जन जोडीले पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीलाई २१–१४, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यस्तै प्रिन्स र बिष्णुको जोडीले पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडीलाई २१–१६, २१–१८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।
महिला युगल तर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडी फाईनल प्रवेश गरे । गिरी र महर्जनको जोडीले झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्गको जोडीलाई २१–१४, २१–९ ले पराजित गर्दै उपाधीका लागि एपिएफकी जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडी संगको भेट पक्का गरेका छन् । जेशिका र सुनयनाको जोडीले एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई २१–१९, १७–२१, २६–२४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
भेट्रान ४५ बर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडी र स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडी फाईनल प्रवेश गरेका छन् । चौधरी र लामाको जोडीले ते¥हथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको जोडीलाई २१–१३, २१–१८ तथा साम्बा र शेर्पाको जोडीले दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडीलाई २१–१५, २१–१९ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।
भेट्रान ५५ बर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ्गको जोडीले मोरङ्गका कुमार घले र सुनरीका भोज राज रखालको जोडीलाई २१–१६, २१–१३ ले र गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले २१–१०, २१–११ ले पराजित गर्दै उपाधीका लागि भेट पक्का गरेका छन् ।
छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडा र भोजपुरका तयाबुङ्ग राई फाईनल प्रवेश गरेका छन् । यस्तै छात्रा तर्फ भोजपुरका रितु तामाङ्ग र कास्कीकी निभा राई पनि फाईनलमा स्थान बनाउन सफल भए ।
यु १३ छात्र तर्फ एपिएफका आरुष सिमखडा र आर्मीका रिजन मगर तथा छात्रा तर्फ आर्मीकी रिहाना शेरचन र टिशा रानी शाक्य उपाधी निकट पुगेका छन् ।

 

शनिबार २८ माघ २०७९ ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया