×

विश्वकप लिग दुई - त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा

images

काठमाडौं । क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा हिजो सोमबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

सन्दीप लामिछाने १२ महिनापछि एकदिवसीय टोलीमा फर्किएका छन् । सन्दीपले एक दिवसीयमा पछिल्लो पटक भारतसँग एसिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झन्डै १४ महिनापछि नेपालको एक दिवसीय टोलीमा परेका छन् ।

यस्तै टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के।सी।, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र देव खनाल रहेका छन् । विश्वकप लिग दुई अन्तर्गत क्यानडामा हुने त्रिदेशीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

प्रतियोगिता यही भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ । यो प्रतियोगितामा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडा र असोज ८ गते ओमानसँग रहेको छ । सबै खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

मङ्गलबार २५ भदौ २०८१ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया