प्रशासकीय अधिकृत ठाकुरको हृदयाघात

    images


    बाट निधनजिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयाघातबाट निधन भएको छ । महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

    गएराति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको प्रजिअ पौडेलले बताउनुभयो । गत २०७८ मङ्सिर महिनादेखि ठाकुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । 

      बुधबार २५ साउन २०७९ ०१:४० PM मा प्रकाशित

      प्रतिक्रिया