काठमाडौँ । बलिवुडको ब्लकबस्टर फिल्म शोले निर्माण ५० बर्ष भएको अवसरमा आगामी सेप्टेम्बरमा टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष प्रिमियर हुने भएको छ ।
टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवले फिल्म सेप्टेम्बर ६, २०२५ मा टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष प्रिमियर हुने जानकारी दिएको छ ।
टोरन्टोको रोय थमसन हलमा १८०० सिट क्षमताको साथ प्रदर्शन भव्य हुने भएको छ । सिप्पी फिल्म्ससँगको सहकार्यमा, फाउन्डेसनले फिल्मलाई फोर केमा पुनर्स्थापित गरेको छ ताकि नयाँ पुस्ताले यसलाई हेर्न सकून् । फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, संजीव कुमार, अमजद खान, जया बच्चन र हेमा मालिनीलगायतको अभिनय रहेको छ । १९७५ मा रिलिज हुँदा यसले बक्स अफिसको रेकर्ड तोडेको थियो र सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो । यो अझै पनि विश्वभर २५ करोडभन्दा बढी दर्शकहरू भएको सबैभन्दा धेरै हेरिएको भारतीय फिल्म हो ।
अमिताभ बच्चन, जया बच्चन, धर्मेन्द्र, संजीव कुमार, अमजद खान र हेमा मालिनी जस्ता स्टार अभिनित शोले एक एक्सन-एडभेन्चर फिल्म हो । फिल्म रमेश सिप्पीले निर्देशन गरेका थिए । उनका बुबा जीपी सिप्पीले निर्माण गरेका थिए र सलीम-जावेदले लेखेका थिए ।
प्रतिक्रिया