×

एमाले सरकारमा बसेको मन नपरेकाहरुले हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाए- महासचिव शंकर पोख्रेल

images

काठमाडौं, २६ असार । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले कांग्रेससँग सम्बन्ध सुधार गर्नको लागि माओवादी र राजावादीहरुले एमालेलाई गाली गरेको आरोप लगाएका छन् । एमालेका जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजावादीहरुलाई पश्चगामी सोच भएका र माओवादीलाई कम्युनिस्ट नामधारीको संज्ञा दिएका छन् । दुवै राजावादी र माओवादीले एमालेलाई गाली गरेर कांग्रेससँग सम्बन्ध सुमधुर बनाउने प्रयास गरेको पोखरेलको टिप्पणी छ ।

उनले आफ्नो पार्टी एमाले सरकारमा भएको धेरैलाई मन नपरेकोले विभिन्न लाञ्छना लगाईएको पनि आरोप लगाए । उनले एमाले सरकारमा बसेको मन नपरेकाहरुले हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाएको भन्दै सरकार सहमतिबमोजिम अघि बढ्ने दाबी गरेका हुन् ।

उनले पार्टीको विधान महाधवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुने भएकाले अहिले कुनै नेताका नाममा कित्ताकाट गर्न जरुरी नभएको पनि स्पष्ट पारे । अहिलेको बहस नीति निर्माणको लागि भएको भन्दै नेतृत्वको लागि कित्ताकाट नहुन आम नेता तथा कार्यकर्ता पँक्तिलाई उनको निर्देशन थियो ।

बिहीबार २६ असार २०८२ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया