×

घट्यो सुनको मूल्य 

images


काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। 

आइतबार स्थिर रहेको सुन सोमबार ७०० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । 

आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार ४ सय ३० रुपैयाँ कायम भएको छ । 
 

सोमबार २७ चैत २०७९ ०१:०६ PM मा प्रकाशित

प्रतिक्रिया