१
अभिमान खोज्ने भए, वागमती नुहाएर देखाऊ,
स्वाभिमान खोज्ने भए, पसिना चुहाएर देखाऊ,
मैलिदै गएको छ तिम्रो छवि ए महामानव हो,
सर्वसम्मान खोज्ने भए, लोभपाप तुहाएर देखाऊ ।
२
महगी बोकेर हिड्नेले केही त राहत दिए हुन्छ
परिश्रमले अलिकति चोखोपसिना पिए हुन्छ,
इतिहास रच्नलाईफेरी कहाँ सकिन्छ र हजुर
सदनमा हिड्दा चप्पल खिएको देखाए हुन्छ ।
३
कति माया गर्छ्यौ आमा माटोमामरिमेटेर,
बर्षिन्छ खुशीको आँसु, धर्तिमा मलाई भेटेर,
चम्कियो तिम्रो मुहार सन्तानको मायामोहमा,
अटल विश्वास छदैंछ, हृदयमा मलाई समेटेर।
४
पश्चिमा सपना देखाएर अनुदान कजाउँदै छन्
पदमा आसिन अगुवा आफ्नै डम्फु बजाउँदै छन्
सिधा जनता कता चिप्लिन्छ स्वदेशकै माटोमा
उताकतै पर सज्जनलाई भाँडा मजाउँदै छन् ।
प्रतिक्रिया