काठमाडौँ, २७ असोज २०८३ - अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। कोषले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य (World Economic Outlook) प्रतिवेदन अनुसार नेपालको आन्तरिक आर्थिक गतिविधि सुस्त रहँदा आगामी दुई वर्षको आर्थिक विस्तार ४ प्रतिशतभन्दा तलै खुम्चिने देखिएको हो।
सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान गरिएकोमा आगामी वर्ष त्यसमा ०.८ प्रतिशत विन्दुले गिरावट आउने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, सन् २०२७ मा भने झिनो सुधारसहित नेपालको अर्थतन्त्र ३.७ प्रतिशतले विस्तार हुने आँकलन गरिएको छ।
उपभोक्तालाई महँगीको मार: सन् २०२७ मा ५.८ प्रतिशत पुग्ने जोखिम
आर्थिक वृद्धिदर सुस्त रहने अनुमानसँगै नेपाली उपभोक्ताहरूले आगामी दिनमा पुनः महँगीको सामना गर्नुपर्ने संकेत आईएमएफले गरेको छ। प्रतिवेदन अनुसार मूल्यवृद्धिको सूचक यस प्रकार रहनेछ:
विशेष गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढाव, मध्यपूर्वको द्वन्द्व र आपूर्ति शृङ्खलामा देखिने अवरोधका कारण नेपालजस्ता आयातमा बढी निर्भर अर्थतन्त्रमा आयातित महँगी (Imported Inflation) को जोखिम उच्च रहने विश्लेषकहरूको भनाइ छ।
बाह्य क्षेत्र बलियो: चालू खाता बचत दोब्बरले बढ्ने
आन्तरिक उत्पादन र बजार सुस्त रहे पनि नेपालको बाह्य क्षेत्र अर्थात् चालू खाता सन्तुलन (Current Account Balance) भने निकै बलियो र सुरक्षित रहने प्रतिवेदनले देखाएको छ।
चालू खाताको बचत सन् २०२५ मा ६.६ प्रतिशत रहेकामा सन् २०२६ मा बढेर १३.९ प्रतिशत पुग्ने तथा सन् २०२७ मा २.० प्रतिशतमा झर्ने अनुमान गरिएको छ। रेमिट्यान्स आप्रवाहले बाह्य क्षेत्र बलियो देखाए पनि क्षेत्रीय तुलनामा नेपालको वृद्धिदर (३.६%) भारत र भुटान (७.०%) भन्दा कम र बङ्गलादेश बराबर रहेको छ। समग्रमा आन्तरिक बजार र लगानी चलायमान हुन अझै समय लाग्ने देखिएको छ।
प्रतिक्रिया