काठमाडौं। देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु-कुहिरो रहनुका साथै बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
प्रतिक्रिया