×

आजको राशिफल - २०८३ भदौ २४ गते बुधबार

images

9 September 2026 - आजकै ताजा राशिफल

पञ्चाङ्ग: भाद्र कृष्णपक्ष त्रयोदशी ११:४७ बजेपछि चतुर्दशी, नक्षत्र अश्लेषा १५:४२ बजेपछि मघा, चन्द्रराशि कर्कट १५:४२ बजेपछि सिंह। बुधवार - गणेश भगवानको दिन।

१२ वटै राशिको विस्तृत फल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। दिउँसोदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान दिनुहोला।
शुभ रंग: रातो | शुभ अंक: ४ | उपाय: गणेशलाई दूबो चढाउनुहोस्

वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ। स्रोत-साधन जुट्नाले उचित प्रतिफल प्राप्त हुनेछ। नयाँ कामको शुभारम्भ गर्न सकिनेछ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।
शुभ रंग: सेतो | शुभ अंक: ६

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, हा
समयमा होस नपुग्नाले व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। मध्याह्नदेखि रोकिएका काम बन्नेछन्। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। दिन रमाइलो रहनेछ।
शुभ रंग: हरियो | शुभ अंक: २

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पेसा-व्यवसायमा उपलब्धि प्राप्त हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। दिउँसोदेखि प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्।
शुभ रंग: सेतो | शुभ अंक: ९

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिगो काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले विशेष फाइदा दिलाउनेछ। सम्झौता गर्नुपर्दा विचार पुर्याउनुहोला। द्विधा बढ्नाले निर्णय गर्न कठिन हुनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ला।
शुभ रंग: सुनौलो | शुभ अंक: १

कन्या - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
रकम हातलागी भए पनि अनावश्यक खर्च बढ्नेछ। बौद्धिक व्यक्तिसँग घुलमिल बढ्नेछ। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। आज खर्चिलो यात्रा हुन सक्छ, तर टाढाका साथीभाइसँग भेटघाट हुनेछ।
शुभ रंग: नीलो | शुभ अंक: ८

तुला - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आयआर्जन राम्रो हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा नयाँ सम्भावना देखिनेछ। तर ईर्ष्या गर्नेहरूले समस्या निम्त्याउन सक्छन्, सजग रहनुहोला। मान-सम्मान बढ्नेछ।
शुभ रंग: गुलाबी | शुभ अंक: ५

वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना बन्नेछ। कर्मयोगले नयाँ मोड लिनेछ। मान-सम्मान प्राप्त हुने समय छ।
शुभ रंग: रातो | शुभ अंक: ३

धनु - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। असाध्यै रोकिएको काम बन्नेछ। धर्मकर्ममा मन जानेछ। आवश्यकता पूरा हुनेछ, तर लक्ष्यमा पुग्न समय लाग्नेछ।
शुभ रंग: पहेलो | शुभ अंक: ७

मकर - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गि
सोचेको काम बन्नेछ, तर शरीरमा कमजोरी अनुभूति हुनेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। गोप्य सूचना बाहिरिन सक्छ, सचेत रहनुहोला।
शुभ रंग: कालो | शुभ अंक: ६

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दा
नयाँ अवसर प्राप्त हुनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्नेछ। व्यवसायमा सामान्य लाभ हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: ४

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतले प्रतिस्पर्धामा विजयी बनाउनेछ। व्यापारमा फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। शत्रु पराजित हुनेछन्। तर साँझतिर खर्च बढ्न सक्छ।
शुभ रंग: पहेंलो | शुभ अंक: २

---
आजको शुभ समय: बिहान १०:२५ देखि १२:०० सम्म
आजको उपाय: बुधबार गणेश भगवानलाई लड्डु र दूबो चढाउनुहोस्, बुद्धि र व्यापारमा लाभ हुनेछ। ॐ गं गणपतये नमः 🙏

बुधबार २४ भदौ २०८३ ०६:२९ AM मा प्रकाशित

प्रतिक्रिया