काठमाडौँ । जम्मू कश्मीरको अखलमा विगत नौ दिनदेखि भइरहेको भिडन्तमा दुई भारतीय सेनाका सैनिकले ज्यान गुमाएका छन् ।
भारतीय सेनाको चिनार कोर्प्सले राष्ट्रको लागि आफ्नो कर्तव्य निर्वाह गर्दा वीर लान्स नायक प्रीतपाल सिंह र सिपाही हरमिन्दर सिंहको मृत्यु भएको जानकारी दिएको छ ।
भारतीय सेनाले यस भिडन्तमा एक अतिवादीलाई मारेको दाबी गरेको छ भने धेरै सुरक्षाकर्मी घाइते भएको बताइएको छ ।
अगस्ट १ मा सुरु भएको अतिवादीहरूविरुद्धको यो सैन्य कारबाहीमा भारतीय सेना, जम्मू कश्मीर प्रहरी र सिआरपिएफ संलग्न रहेको बताइएको छ । विगत केही महिनादेखि जम्मू कश्मीरमा अतिवादीविरुद्ध गरिएको यो सबैभन्दा लामो कारबाही हो ।
भारतीय सेनाले एक विज्ञप्तिमा भनेको थियो कि अखलमा केही आतंकवादीको उपस्थितिको बारेमा जानकारी पाएपछि क्षेत्रलाई घेराबन्दी गरिएको थियो । श्रीनगरबाट करिब ९० किलोमिटर टाढा रहेको अखल क्षेत्र जंगलले घेरिएको छ । यहाँ जारी मुठभेडमा निरन्तर गोलीबारी र विस्फोटका आवाजहरू सुनिरहेको बताइएको छ ।
प्रतिक्रिया