×

राजश्व बढाउन सके जनताको आवश्यकता पूरा गर्न समस्या नहुने- अर्थमन्त्री महत 

images

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले रोजगार, कर र राजश्वको दायरा विस्तारका लागि निजी क्षेत्रलाई  सहजीकरण गर्दै अगाडि बढ्ने बताएका छन् ।
आईतबार सिंहदरवार आर्थिक मिडिया सञ्चालक संघसँगको अन्र्तक्रियामा मन्त्री महतले आम्दानी  र रोजगारीको दायरा वढाउन व्यवसायमा लगानीको वातावरण सुनिश्चित गरी आर्थिक वृद्वि गर्ने सकिने बताए । 

उनले भने, आम्दानी र रोजगारीको  दायरा वढाउन  उँधोग व्यवसायमा लगानीको वातावरण सुनिश्चित हुनु प¥यो । त्यसले गर्दा आर्थिक वृद्वि संगै राजस्व वृद्वि हुन्छ । मन्त्री महतले राजस्व वढाउन सके जनताको आवश्यकतालाई पूरा गर्न समस्या नहुने भन्दै स्रोत र साधन बढाउने कार्यमा जोड दिनु पर्ने बताए । उनले सरकार अर्थतन्त्रलाई सकारात्मक बाटोमा अगाडि वढाउन गम्भीर रहेको पनि प्रष्ट पारे । 

उनले निजी क्षेत्र र राज्यसँगै अगाडि बढदा एक अर्कालाई सहयोग हुने हुँदा यस्ले आर्थिक रुपान्तरण र समृद्धितर्फ लाग्न सहयोग पुग्ने विश्वास व्यक्त गरे  । 
उनले भने, शिक्षा स्वास्थ लगायत वर्ग, समूह, लिङ्ग विभेद कारणले पछाडि परेका दुर्गम क्षेत्रका वर्ग समुदायलाई विकासको लागि प्राथमिकतामा राखेका छौ ।


 

आइतबार​ २६ चैत २०७९ ०५:५८ PM मा प्रकाशित

प्रतिक्रिया