×

धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना

images

पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताए।

सो उडानमा यात्रारत एकमात्र पाइलट सकुशल रहेको साथै उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ तथा उहाँलाई अर्को हेलिकप्टरद्वारा उद्धार गरिसकिएको र काठमाडौंतर्फ ल्याइँदै छ,’ तिवारीले बताए ।  


 

आइतबार​ २६ चैत २०७९ ०१:२४ PM मा प्रकाशित

प्रतिक्रिया