मोबाइल निर्माता कम्पनी एप्पलले आईफोन १४ काे चार वटा सिरिज सार्वजनिक गरेको छ ।
गएराति ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स गरी चार वटा मोडल बजारमा ल्याएकाे हाे ।
आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ (७९९ डलर) तोकिएको छ ।
त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ (८९९ डलर) रहेको छ ।
त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स माेडलको मूल्य क्रमशः करिब १ लाख २६ हजार ५ सय रुपैयाँ (९९९ डलर) र करिब १ लाख ३९ हजार २ सय रुपैयाँ (१०९९ डलर) ताेकिएकाे छ ।
आईफोन १४ को बेस मोडल वा प्लस माेडल मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो गरी पाँच रङमा उपलब्ध छन् ।
त्यस्तै प्रो र प्रो माेडल ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङमा उपलब्ध छ ।
आईफाेन १४ र आईफाेन प्लस माेडलमा १२ मेगापिक्सलकाे दुई वटा क्यामरा सेन्सर दिइएकाे छ । आईफाेन १४ प्राे माेडलमा अलवेज अन डिस्प्ले लगायत विशेषता रहेकाे छ ।
यस्तै आईफाेन प्राेमा ४८ एमपीकाे प्राइमरी क्यामरा लगाइएकाे छ भने आईफाेन प्राे र आईफाेन १४ प्राे म्याक्समा १ टीबीकाे स्टाेरेजकाे अप्शन लगायतका विभिन्न विशेषता समेटिएकाे छ ।
प्रतिक्रिया