×

श्रीलङ्कामा ३७ जना राज्यमन्त्रीद्वारा शपथ ग्रहण

images

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीवार ३७ जना राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे छ । 

राष्ट्रपतिको कार्यालयका अनुसार राज्यमन्त्रीहरूलाई राजधानी कोलम्बोमा रहेकाे राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको शपथ गराइएकाे हो ।

शपथ खानेहरूमा सेहान सेमासिङ्घे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेश मामिला राज्यमन्त्री नियुक्त हुनुभएको छ । उहाँहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्नुहुने बताइएको छ । 

सङ्कटग्रस्त श्रीलङ्कामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अति आवश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि एकपछि अर्को गर्दै यहाँको जनजीवन नै प्रभावित बनेको छ । 

राष्ट्रपति रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित बनेपछि देशको अर्थतन्त्र क्रमशः सम्हालिँदै गएका सङ्केतहरू देखिए पनि अझै आर्थिक सङ्कट र यसका कारण आउने समस्याहरूको उल्लेख्य समाधान भने भइसकेको छैन । 

बिहीबार २३ भदौ २०७९ ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया