काठमाडौं । नेपाली फिल्ममाथि विभेद भएकाले अब संघर्षमा उत्रिने फिल्म क्षेत्रका दुई संस्थाले चेतावनी दिएका छन् । विदेशी फिल्मको सेन्सरमा ढिलाइ भएको कारण देखाउँदै नेपाली फिल्मको बुकिङ खुला नगरिएकोप्रति फिल्म क्षेत्रका दुई संस्था, निर्माता संघ र निर्देशक समाजले आपत्ति जनाएका छन् ।
चलचित्र निर्माता संघ र चलचित्र निर्देशक समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नेपाली फिल्मलाई पेल्न र हेप्न खोजिएको भन्दै खेद व्यक्त गरेका छन् ।
निर्माता संघले शुक्रबारदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ऐना झ्यालको पुतलीलाई समान हैसियतको शो र अग्रिम बुकिङ खुला गर्ने वातावरण बनाइदिन आग्रह गरेको छ । ‘अन्यथा नेपाली चलचित्रप्रति देखाउनुभएको निन्दनीय व्यवहारका विरुद्ध बाध्य भई कडा रुपमा प्रस्तुत भएर निरन्तर संघर्षमा उत्रिनेछौं,’ निर्माता संघले भनेको छ ।
निर्देशक समाजले पनि टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गरेकोप्रति खेद व्यक्त गरेको छ । नेपाली फिल्म क्षेत्रलाई हतोत्साही तुल्याउने गैरजिम्मेवारीपूर्ण कार्यलाई बन्देज लगाउन पनि आग्रह गरेको छ ।
विज्ञप्ति
प्रतिक्रिया