×

काठमाडौं महानगरले दियो नेपाली महिला भलिबल खेलाडीलाई जनही एक लाख

images

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टिमका सबै सदस्यलाई बिहीबार जनही एक लाख रुपैयाँसहित सम्मान गरेको नेपाल भलिबल संघले जनाएको छ ।

नेपाली टिम बुधबार भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि उपविजेतामा सीमित बनेको हो ।
महानगरका प्रमुख बालेन साह फाइनल खेल हेर्न दशरथ रंगशालाको कभर्ड हल पुगेका थिए । पाँच सेटमा भएको खेल निक्कै अभिरूचिपूर्वक हेरेका थिए । नेपाली महिला खेलाडीले भलिबल राम्रो खेलेकाले उनीहरूको कदरस्वरूप काठमाडौं महानगरले नगदसहित सान्त्वना र हौसला प्रदान गरेको बताइएको छ ।

बिहीबार २४ साउन २०८१ ०७:२८ PM मा प्रकाशित

प्रतिक्रिया