×

द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका रोल्पाका १५ शिक्षकको पुनर्बहाली

images

रोल्पामा सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् ।

यसरी पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यामिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ । सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो ।

सोमबार २३ साउन २०७९ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया