×

एअर डाइनेष्टीको हेलिकोप्टर बादलभित्र प्रवेश गरेकाले दुर्घटना-नेपाल नागरिक उड्डयन प्राधिकरण

images

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले एअर डाइनेष्टीको हेलिकोप्टर बादलभित्र प्रवेश गरेकाले दुर्घटनामा परेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा दुर्घटनाबारे भएको छलफल कार्यक्रममा महानिर्देशक अधिकारीले सिभिल एभिएसनको भिजियोल फ्लाइट रुटअनुसार नगएर बादलमा छिर्नाले दुर्घटना भएको बताएका हुन् ।

‘उनले भने, “आज बिहान हामीले माननीय मन्त्रीज्यू, सचिवज्यू, हामी गएर एक्सिडेन्ट साइट पनि हेर्‍यौं । यसको रुट कज चाहिँ सरसर्ती हेर्दाखेरी यद्यपि यो छानबिन आयोगले नै बताउँला । ब्याड वेदरमा यो प्रवेश गरेका कारण, बादलभित्र प्रवेश गरेको र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी डाँडामा ठोक्किएको देखिन्छ ।”

“यो चाहिँ पाइलोटिङ कमान्डले हाम्रो सिभिल एभिएसनको भिजियोल फ्लाइट रुटअनुसार नगएर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानूनले वर्जित गरेको विषय हो । यो रुट कज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ अहिले अनुसन्धानमा ।’ उनले दुर्घटनाको विस्तृत विवरण भने सरकारले गठन गरेको जाँचबुझ आयोगले दिने बताए ।

बिहीबार २४ साउन २०८१ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया