×

सुनचाँदीको मूल्य यथावत्, आइतबारकै दरमा कारोबार हुँदै

images

 नेपाली बजारमा आज सुनको मूल्य यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि कुनै फेरबदल भएको छैन ।

आइतबारको जस्तै आज पनि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ तोकिएको छ । 

आइतबार भने सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । गत शुक्रबार छापावाल सुन ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ३०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि आइतबारको जस्तै प्रतितोला १ हजार २०५ रुपैयाँ कायम भएको छ । आइतबार भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो ।

सोमबार २३ साउन २०७९ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया