×

न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

images

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरक्त न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ ।

बैठकले रिक्त जिल्ला न्यायाधीश नियुक्तिका लागि सात दिने सूचना प्रकाशित गर्ने निर्णयसमेत गरेको छ । परिषद्को निर्णयअनुुसार आगामी सोमबार सूचना प्रकाशित हुनेछ ।

शुक्रबार​ २४ असार २०७९ ०८:४३ PM मा प्रकाशित

प्रतिक्रिया