मनीला — फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान एक शक्तिशाली भूकम्प गएको छ। भूकम्पको कडा झट्का महसुस गरिएसँगै फिलिपिन्ससहित आसपासका देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। स्थानीय समय अनुसार बिहान ७:३७ बजे फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित सहरको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूगर्भविदहरूले बताएका छन्।
भूकम्पको तीव्रता र गहिराइका बारेमा विभिन्न भूगर्भसम्बन्धी निकायहरूले प्रारम्भिक विवरण सार्वजनिक गरेका छन्:
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS): उक्त भूकम्प ७.८ म्याग्निच्युडको मापन गरेको छ र यसको गहिराइ जमिनबाट ३५ किलोमिटर तल रहेको जनाएको छ।
जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेज: भूकम्प ७.८ म्याग्निच्युडकै रहेको र यसको गहिराइ ५० किलोमिटर रहेको उल्लेख गरेको छ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (Phivolcs): सुरुवाती प्रतिवेदनमा भूकम्प ७.० म्याग्निच्युडको र १० किलोमिटर गहिराइमा गएको बताएको छ।
भूकम्पको तीव्रता अत्यधिक भएकाले समुद्रमा ठुला र विनाशकारी छालहरू आउन सक्ने जोखिम बढेको छ। भूकम्प लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी (Tsunami Warning) जारी गरिएको छ।
अधिकारीहरूले तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने सर्वसाधारणहरूलाई तुरुन्तै सुरक्षित र डामी स्थानतर्फ जान आग्रह गरेका छन्।
भूकम्प निकै शक्तिशाली भएकाले तटीय सहरहरूमा भौतिक क्षति भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, भूकम्पबाट भएको थप क्षति, घाइते वा मानवीय क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। स्थानीय प्रशासन र उद्धार टोलीहरूलाई हाइ अलर्टमा राखिएको छ।
फिलिपिन्स 'पैसिफिक रिंग अफ फायर' (Pacific Ring of Fire) मा पर्ने भएकाले यहाँ बारम्बार शक्तिशाली भूकम्प र ज्वालामुखी जाने गर्दछ। सुरक्षा निकायहरूले परकम्पहरू (Aftershocks) आउन सक्ने भएकाले सबैलाई सतर्क रहन अपिल गरेका छन्।
प्रतिक्रिया