×

बढ्यो सुनको मूल्य

images

काठमाडौं  । स्थानीय बजारमा आज बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबारको तुलनामा आज तोलामा ६ सय रुपैयाँले बढेको हो।

आज सुन तोलाको १ लाख ९२ हजार २०० कायम भएको छ।  बुधबार एक तोला सुनको मूल्य १ लाख  ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदी मूल्य भने घटेको छ। चाँदी एक तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। हिजो बुधबार भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको  थियो।

बिहीबार २५ बैशाख २०८२ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया