×

आईपीएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीचमा खेल हुदै

images

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग आईपीए क्रिकेटमा आज दुई खेल हुदैछ । १६ औं संस्करणको आईपीएलको आजको पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीचमा खेल हुदैछ । गोहावाटीमा हुने खेलमा दुवै टोली तेस्रो खेल खेल्दैछन् ।

राजस्थान दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा सनराईजर्स हैदराबादलाई पराजित गरेको राजस्थान दोस्रो खेलमा पन्जाब किंग्ससँग पराजित भएको थियो । पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित दिल्ली पहिलो जितको खोजीमा रहेको छ ।

यी दुई टोली बीचमा भएका पछिल्ला पाँच खेलमा तीन खेल दिल्लीले र दुई खेल राजस्थानले जितेका छन् । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ मा सुरु हुनेछ ।

आज नै हुने दोस्रो खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई ईन्डियन्स खेल्दै छन् । मुम्बईको घरेलु मैदान वांनखडे क्रिकेट स्टेडियममा खेल बेलुका पौने ८ मा सुरु हुनेछ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग पराजित चेन्नाई दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ ।

पहिलो खेलमा गुजरात टाईटन्ससँग पराजित चेन्नाईले आफ्नो दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो । तेस्रो खेल खेल्दै गरेको चेन्नाई दोस्रो जितको खोजीमा रहेको छ ।

दुई टोलीबीच अहिलेसम्म भएका ३४ खेलमा मुम्बई २० तथा चेन्नाई १४ खेलमा विजयी भएका छन् । भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।एजेन्सी

शनिबार २५ चैत २०७९ ०९:१५ AM मा प्रकाशित

प्रतिक्रिया