×

क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

images

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो ।

भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा उनलाई धरौटीमा रिहा गर्नुपर्ने आधार नदेखिएको भन्दै अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

साथै तत्कालीन निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटी माग्ने आदेश भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । भक्तपुरको नालिन्चोक हेलीप्याड निर्माणको  क्रममा भ्रष्टाचार गरेको आरोपमा १३ करोड ५७ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो ।

आइतबार​ २२ मंसिर २०८२ ०७:३२ PM मा प्रकाशित

प्रतिक्रिया