×

यस्तो छ आज देशभरको मौसम

images

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले अहिले पनि देशभर घाम लाग्दै बादल लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा कुहिरो तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनेछ ।

यस्तै सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपात तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

मंगलबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम सफा रहने छ ।

आइतबार​ २२ मंसिर २०८२ ०८:५९ AM मा प्रकाशित

प्रतिक्रिया