काठमाडौँ । पोर्चुगलले विश्वकप छनौटमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा पोर्चुगलले अर्मेनियालाई ५-० गोल अन्तरले पराजित गरेको छ । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले २-२ गोल गरे भने एक गोल जोआओ क्यान्सेलोले गरेका थिए ।
यो जितपछि युरोप छनौटको समुह एफ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । विश्वकप छनौट अन्तर्गत पोर्चुगलले अब अर्को खेल सेप्टेम्बर १० मा हंगेरीविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया