आमिर १० दिनसम्म विपश्यनाका लागि काठमाडौं आइपुगे

    images


    काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी भिस्तारा एयरलाइन्सको उडानमार्फत् काठमाडौं आइपुगेका हुन्।

    आमिर विपश्यनाका लागि काठमाडौं आइपुगेका हुन्। आमिर काठामाडौं उत्रिएर ध्यानका लागि सिधै बुढानीलकण्ठस्थित विपश्यना केन्द्र पुगेका छन्।

    विपश्यना केन्द्रका एक कर्मचारीका अनुसार आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने कार्यतालिका छ।

    बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिरका पछिल्ला फिल्महरुले बक्स अफिसमा खासै राम्रो ‘कलेक्सन’ गर्न सकेनन्।

    आइतबार​ २४ बैशाख २०८० ०४:२१ PM मा प्रकाशित

    प्रतिक्रिया