काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विगतमा संघीयता खारेजको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अब संविधान संशोधनको पक्षमा उभिने कि नउभिने भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा एक पोस्ट लेख्दै बास्कोटाले यदि संविधान संशोधन गर्ने नै हो भने राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने खाकासमेत अघि सारेका हुन् ।
बास्कोटाले प्रदेश संरचनाको अन्त्य गर्दै देशमा केन्द्र र स्थानीय तह (पालिका) गरी दुई तहको मात्र सरकार हुनुपर्ने प्रस्ताव गरेका छन् । अहिलेको तिनै तहको प्रशासनिक बोझलाई घटाउन प्रदेशलाई हटाएर स्थानीय पालिका र केन्द्रलाई मात्र बलियो बनाउनुपर्ने बताएका छन् ।
उनले भनेका छन्– ‘राष्ट्रियसभा १०५ सिट, पूरै समावेसी महिला पुरुष ५०–५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् । प्रतिनिधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष ४०–६० प्रतिशत प्रत्यक्ष । जिसस पर्दैन।’
प्रतिक्रिया