काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रति तोला १ हजार ७ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ८९ हजार ९०० मा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो मंगलबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया