बाँकेमा अवैध लागुऔषध र पेस्तोलसहित तीनजना पक्राउ

    images

      काठमाडौं । बाँकेमा अवैध लागुऔषध र पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । 

      खजुरा गाउँपालिका–१ बहादुरपुरबाट ९० ग्राम अवैध लागुऔषध ब्राउनसुगर र म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोलसहित उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

      पक्राउ पर्नेमा खजुरा गाउँपालिका–१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भनिने रवीन्द्र थापा, सोही गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिस थापा र नेपालगंज उपमहानगरपालिका–१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर छन् ।

      प्रहरी चौकी राधापुर र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले रवीन्द्रको साथबाट उक्त लागूऔषध र घरमा लुकाइ राखेको उक्त पेस्तोल फेला पारी रवीन्द्र तथा उनीसँग कारोबार गर्ने मनिस र सुरेशलाईसमेत पक्राउ गरेको हो । 

       

      सोमबार २३ फागुन २०७८ १२:३८ PM मा प्रकाशित

      प्रतिक्रिया