×

वामपन्थी नेता वर्माको निधनमा राष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

images

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता कृष्णराज वर्माको निधनमा शोक व्यक्त गरेकी छन्।

वर्माको निधनले आफू मर्माहत भएको बताउँदै दिवङ्गत नेताप्रति उनले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । साथै उनले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन्।

‘वरिष्ठ वामपन्थी नेता एवं किसान आन्दोलनका अगुवा कृष्णराज वर्माको निधनको खबरले म दुःखी भएको छु । दिवङ्गत नेता वर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा उहाँको योगदान चिरस्मरणीय रहनेछ’, राष्ट्रपतिले ट्वीट गर्दै भनेकी छन् ।

वरिष्ठ वामपन्थी नेता वर्माको ९३ वर्षको उमेरमा आइतबार अपराह्न निधन भएको थियो ।

सोमबार २३ फागुन २०७८ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया