म्यानचेस्टर । म्यानेस्टर युनाइटेडले एफएकपको तेस्रो चरणमा शुक्रबार एभरटनलाई ३–१ ले पराजित गरेको छ । यो नतिजाले एभरटनका व्यवस्थापक फ्रायन्क लाम्पार्डमाथि अझ दबाब बढेको छ ।
इंग्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा झरेयता खराव लयमा रहेको एभरटन ओल्ड ट्रायफोर्डको भ्रमणमा निस्केको थियो । म्यानचेस्टरका लागि एन्टोनी र मार्कस रसफोर्डले गोल गरे । अर्को गोल कर्नर कोडीको नाममा आत्मघाती रह्यो ।
त्यसबीच एभरटनका लागि कोडीले नै एक गोल फर्काएका थिए । व्यक्तिगत लयमा रहेका रसफोर्डले भने लगातार पाँचौं खेलमा म्यानचेस्टरका लागि गोल गरे ।
प्रतिक्रिया