×

घट्यो सुनको मूल्य

images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज २ हजार ३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन पनि तोलामा १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७ सय ८५ रुपैयाँ कायम भएको थियो । सोमबार रेकर्ड बनाएको सुनको भाउ मंगलबार एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको छ । 

मङ्गलबार २२ साउन २०८१ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया