काठमाडौँ। ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको यात्रुवाहक बस ग्वार्कोस्थित पुलको भित्ता (वाल) मा ठोक्किएर दुर्घटनाग्रस्त भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी वृत्त सातदोबाटोको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनामा परी घाइते भएका १० जनालाई उपचारका लागि ग्वार्कोस्थित बी एण्ड बी (B&B) अस्पताल पठाइएको छ।
दुर्घटनाको exact कारण खुलेको छैन भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया