×

रेशम चौधरी घटनामा निष्पक्ष छानबिन होस्- रञ्जिता श्रेष्ठ

images

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको मनोमानी गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रशासनिक मनोमानीको गम्भीर रुपमा छानविन हुन आवश्यक रहेको बताईन् ।

‘वैशाख १७ गते भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानविन होस् । रेशम चौधरीमाथि भएको व्यवहारको सार्वजनिक जवाफको प्रतिक्षामा छौं ।’ उनले भनिन्, ‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु– यो घटनाको गहिरो अध्ययन होस् । यहाँ केवल एक जनाको गिरफ्तारी होइन, संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’

चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ समेत आउनुपर्ने उनले बताइन्। अध्यक्ष श्रेष्ठले चौधरीको गिरफ्तारी एक व्यक्तिको मात्रै बिषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताइन्।

गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम रहेको थियो । रेशमलाई एकता घोषणा कार्यक्रमबाटै विचाराधीन मुद्दाको सम्बन्धमा थुनामा पठाएको थियो । वैशाख १७ गते सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी महिमानसिंह विष्टको अनधिकृत पत्रकार आधारमा रेशम चौधरी पक्राउ परी पाँच घन्टा डिल्लीबजार कारागारमा रहेर रिहा भएका थिए। पछि सर्वोच्च अदालतले रेशमलाई थुनामा पठाउने पत्र आधिकारिक नरहेको बताउँदै उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो ।

मङ्गलबार २३ बैशाख २०८२ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया