काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको काठमाडौँ जिल्ला अदालतको पेशी पुनः स्थगित भएको छ ।
सोमबारका लागि तय भएको पेशी जाहेरीकर्ताले नैेस्थगित गरेका हुन् ।
लामिछानेका मुद्दा न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा परेको थियो । उनको मुद्दा छैटौँ नम्बरमा रहे पनि जाहेरीकर्ताका वकिलले स्थगित गरेका हुन् ।
पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट परेपछि सर्वोच्चको आदेश पर्खनका लागि मुद्दा स्थगित गरिएको हो ।
सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो ।
प्रतिक्रिया