×

सत्ता गठबन्धनको बैठक बस्दै

images

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने जनाइएको छ । सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । 

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ।

सोमबार १९ मंसिर २०७९ ०८:२८ AM मा प्रकाशित

प्रतिक्रिया