×

बिना शर्त एमालेमा फर्किन्छौँ, हामीलाई केहि चाहिदैन- किसान श्रेष्ठ

images

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता किसान श्रेष्ठले आफुहरु एमालेमा बिना शर्त फर्किने बताएका छन् ।

बुधबार बिहान पत्रकार सम्मलेनमा बोल्दै श्रेष्ठले आफुहरुलाई एमालेमा केहि नचाहिने, सम्मानजनक व्यबहार र हासेर बोलिदिए हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् ।

श्रेष्ठले आफुहरु एमालेमा फर्किन छलफलमै रहेको बताउदै आफुहरुलाई केहि नचाहिने बताए ।

एकीकृत समाजवादी र माओवादी केन्द्रसहित ९ बाम घटकबीच आजै एकता घोषणा हुनु अघि नेता श्रेष्ठ र रामकुमारी झाँक्रीसहितका नेता एमाले फर्किने घोषणा गरेका छन् । 

 

 

बुधबार २० कात्तिक २०८२ ०२:१४ PM मा प्रकाशित

प्रतिक्रिया