×

भारतीय मन्त्रिपरिषदद्वारा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत

images

काठमाडौं । नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौतालाई भारत सरकारले अनुमोदन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले बताए । उनले भारत सरकारको हालै बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा भएको भारत भ्रमणमा नेपालसँग भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता भएको थियो ।  भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली खरिदका विषयमा थप अध्ययन र गृहकार्य थालिने उनको भनाइ छ।

प्रचण्डको भारत भ्रमणका बेला दुवै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरुण निर्माणका लागि एमओयू भएको थियो। यस्तै, गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरिएको घोषणा दुवै देशका प्रधानमन्त्रीले गरेका थिए। नेपालले बर्खायाममा भारतमा बिजुली बेच्दै आएको छ भने हिउँदमा भारतबाट किन्दै आएको छ।

मङ्गलबार १९ भदौ २०८० ०१:२५ PM मा प्रकाशित

प्रतिक्रिया