×

आजको राशिफल - २०८३ भदौ २० गते शनिबार

images

5 September 2026 - भदौ २० शनिबार

पञ्चाङ्ग: भाद्र कृष्णपक्ष नवमी / दशमी, मृगशिरा नक्षत्र, चन्द्रमा मिथुन राशिमा। शनिबार - शनिदेवको पूजा शुभ। सूर्योदय ५:४४ / सूर्यास्त ६:२३

१२ वटै राशिको आजको फल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ उत्साहका साथ काम सुरु हुनेछ। कार्यक्षेत्रमा लामो समयदेखि प्रतीक्षा गरेको परिणाम प्राप्त हुन सक्छ। व्यापार-व्यवसायमा नयाँ कारोबारको सम्भावना छ। आर्थिक लाभ मिल्नेछ तर खर्च पनि बढ्न सक्ने भएकाले सजग रहनुहोस्।
शुभ रंग: सेतो | शुभ अंक: ७

वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। अनुभवी व्यक्तिको सुझावबाट फाइदा हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ।
शुभ रंग: हरियो | शुभ अंक: २

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, हा
घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। विश्वासपात्रको सहयोगले आत्मबल बढ्नेछ। समाजमा मान-सम्मान पाइएला। सिर्जनात्मक काममा प्रगति हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: ६

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
गोप्य योजनाहरू सफल बन्नेछन्। आसमर्दो कार्य बन्नाले नयाँ कार्यतर्फ मन लाग्नेछ। सन्तानबाट शुभ समाचार पाइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्।
शुभ रंग: हरियो | शुभ अंक: ३

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ। विद्यार्थीलाई गुरुजनहरूको सहयोग मिल्नेछ। व्यापार यात्राले लाभ दिनेछ। लगनशीलताले प्रशंसा मिल्नेछ।
शुभ रंग: निलो | शुभ अंक: ४

कन्या - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कार्यक्षेत्रमा समयमै कार्य सम्पादन हुनेछ। शुभ चिन्तकहरूको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। नयाँ कार्यको जग बसाउने समय रहेको छ।
शुभ रंग: पहेलो | शुभ अंक: ७

तुला - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
परिवारको साथ र सहयोगले मन प्रफुल्लित रहनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ला। व्यापारमा विषय बुझेर निर्णय लिनुहोला।
शुभ रंग: निलो | शुभ अंक: ७

वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
अनावश्यक शंका नगर्नुहोस्। अधिकारी समक्ष प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। बोलीमा संयम राख्नुहोला।
शुभ रंग: रातो | शुभ अंक: १

धनु - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
यस साता आर्थिक उपार्जनका नयाँ मौका मिल्नेछ। प्रेममा सफलता मिल्ने योग छ। नजिकका साथीबाट सहयोग मिल्नेछ। खानपानमा सावधानी अपनाउनुहोला।
शुभ रंग: पहेलो | शुभ अंक: ५

मकर - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गि
नयाँ काम थाल्न उपयुक्त समय हो। आर्थिक स्थायित्व आउने संकेत छ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ। मित्रको सहयोग मिल्नेछ।
शुभ रंग: कालो | शुभ अंक: ८

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दा
काम र परिवारबीच सन्तुलन कायम गर्न सकिनेछ। ज्ञान र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। रणनीतिक परिवर्तन लाभदायक हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: ७

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यावसायिक सम्बन्धमा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा सुधार देखा पर्नेछ। गोप्य शत्रुबाट सतर्क रहनु आवश्यक छ। धैर्य राख्नुहोला।
शुभ रंग: पहेलो | शुभ अंक: २

---
शनिबारको उपाय: कालो तिल दान गर्नुहोस् र शनि मन्दिरमा तेल चढाउनुहोस्, बाधा हट्नेछ। 🙏

शनिबार २० भदौ २०८३ ०७:५६ AM मा प्रकाशित

प्रतिक्रिया