काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन १५ अर्व चार करोड ५० रुपैयाँ मुल्य बराबरको ट्रेजरी बिल बिक्रि गर्न लागेको छ । बिल आज जारी हुँदैछ । बिलमा बोलकबोल भने दिउँसो ३ बजेबाट हुनेछ ।
बैंकले २८ दिनका लागि दुई अर्व रुपैयाँको बिल जारी गर्दैछ । त्यस्तै, ९१ दिनका लागि छ अर्ब चार करोड ५० रुपियाँ र १८२ दिन अवधिका ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको हो ।
बैंकका अनुसार ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब बलि नयाँ रहेको छ । बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व राष्ट्र बैंकको भनाई छ ।
प्रतिक्रिया