×

असाेजदेखि शुक्रवार शेयर काराेबार नहुने

images

असोजदेखि शुक्रवार शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्जकाे आज आइतवार बसेको सञ्चालक समितिको बैठकले असोजदेखि शुक्रवार शेयर कारोबार नगर्ने र हप्ताको पाँच दिनमात्रै बजार खुला रहने निर्णय गरेको हो । 

लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मत गर्नुपर्ने भएकाले शुक्रवार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । असोजदेखि पहिलेजस्तै आइतवारदेखि विहीवारसम्म पाँच दिनमात्रै शेयर कारोबार हुने भएको हो । 

सरकारले शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि गएको जेठदेखि सोमवारदेखि शुक्रवारसम्म शेयर कारोबार गर्न थालिएको थियो । सरकारले दुई दिने बिदाको निर्णय खारेज गरे पनि नेप्सेले भने परीक्षणको रूपमा शुक्रवार दुई घण्टासहित हप्तामा ६ दिन बजार खुला राख्ने निर्णय गरेको थियो । 

आइतबार​ १९ भदौ २०७९ ०२:२३ PM मा प्रकाशित

प्रतिक्रिया