×

पाइलट कुटाकुट प्रकरण : मन्थली विमानस्थलका प्रमुख निलम्बित

images

काठमाडौं । दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ ।  

विमानस्थलमा दुई पाइलट कुटाकुट गरेपछि उनीहरूसहित विमानस्थल प्रमुख अशोक थापालाई पदबाट निलम्बन गरिएको हो।  शुक्रबार बिहान तारा एयरका दुई क्याप्टेन सन्तोष साह र सञ्जीव श्रेष्ठबीच झगडा भएको थियो। प्राधिकरणले सुरक्षाको मापदण्ड उल्लंघन गरेको उल्लेख गरेको छ।  

प्राधिकरणले पूर्ण छानबिनपछि लाइसेन्स रद्द गर्न सक्ने र कारबाहरीसमेत हुनसक्ने जनाएको छ। लुक्लाबाट मन्थली विमानस्थलमा शुक्रबार बिहान जहाज अवतरण गरेपछि दुई पाइलटबीच झगडा भएको थियो।

शुक्रबार​ १७ कात्तिक २०८० ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया