१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय कार्यसमितिमा पदाधिकारीहरूको संख्या बढाउने तयारी तीव्र पारिएको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिमा पार्टीको नेतृत्व तहमा बढेको आकाङ्क्षा र नेताहरूको व्यवस्थापन गर्न पदाधिकारी संरचना विस्तार गर्ने प्रस्तावमाथि घनिभूत छलफल भइरहेको छ ।
१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएक...
कांग्रेस महाधिवेशन अपडेट: सानेपामा प्रतिनिधि दर्ता धमाधम, प्रतिनिधिले पाए विधानसहितको विशेष झोला
हाल कांग्रेसको मौजुदा विधानअनुसार केन्द्रीय कार्यसमितिमा १७ जना पदाधिकारी रहने व्यवस्था रहेकोमा नयाँ प्रस्ताव पारित भएमा पदाधिकारीको संख्या २१ पुग्नेछ । विशेष गरी महिला र युवा वर्गलाई पार्टीको नीति निर्माण र नेतृत्व तहमा थप अवसर र स्थान दिने गरी यो सांगठनिक संरचना परिमार्जन गर्न लागिएको समिति स्रोतले जनाएको छ ।
१७ असोज, काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन समितिले महाधिवेशनसम्बन्धी वैधानिक व्यवस्थाबारे प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय महा...
कांग्रेसमा दोहोरो पदको अन्त्य: केन्द्रमा उम्मेदवार बन्ने नेता प्रदेश र जिल्लाको नेतृत्वबाट वञ्चित हुने
उपसभापतिमा महिलाको कोटा सुनिश्चित गरिँदै
प्रस्तावित नयाँ खाकाअनुसार पार्टीमा १ देखि २ जना उपसभापति थप्ने तयारी छ । थपिने उपसभापतिमध्ये कम्तीमा एक पद महिलाका लागि अनिवार्य रूपमा सुनिश्चित गरिने प्रस्ताव गरिएको छ । हालको विधानअनुसार पार्टीमा दुई जना उपसभापति निर्वाचित हुने प्रावधान रहे पनि सहमहामन्त्रीभन्दा माथिल्लो पदमा महिलाका लागि अलग्गै कोटा सुरक्षित नगरिएकाले यो नयाँ व्यवस्था ल्याउन लागिएको हो ।
सहमहामन्त्रीको संख्या १४ पुर्याइने: तीन नयाँ क्षेत्र थप
त्यसैगरी, विधान संशोधन समितिमा तीन जना नयाँ सहमहामन्त्री थप्नेसमेत प्रस्ताव गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार थपिने तीन पदहरू यस प्रकार हुनेछन्:
१. खुला प्रतिस्पर्द्धा: १ जना खुल्ला तर्फबाट ।
२. युवा प्रतिनिधित्व: १ जना ३५ वर्षमुनिका युवाहरूबाट ।
३. विज्ञ समूह (Lateral Entry): १ जना विशेष क्षेत्रका विज्ञका रूपमा ।
नेपाली कांग्रेसमा हाल महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्र गरी ८ वटा क्लस्टरबाट ८ जना सहमहामन्त्री निर्वाचित हुने वैधानिक व्यवस्था छ। यसअघि विशेष महाधिवेशनमार्फत तीन जना सहमहामन्त्री मनोनयन गर्ने व्यवस्था थपिएपछि यो संख्या ११ पुगेको थियो। नयाँ प्रस्ताव महाधिवेशनबाट पारित भएमा कांग्रेसमा सहमहामन्त्रीको कुल संख्या १४ पुग्नेछ ।
केन्द्रीय समिति र युवा आरक्षण
त्यस्तै, विधान संशोधन समितिमा खुला केन्द्रीय सदस्यहरूको संख्या (हाल ३५ जना) पनि बढाउनुपर्ने सुझाव आएको छ । प्रस्तावित नयाँ विधान अनुसार समग्र केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ, जसमा ३५ वर्षमुनिका २१ जना युवाहरू केन्द्रीय सदस्यमा चुनिने गरी विशेष आरक्षणको व्यवस्था समेत सुनिश्चित गरिएको छ ।
विधान संशोधन मस्यौदा समितिले अन्तिम रूप दिएको यो प्रस्तावलाई पहिले केन्द्रीय कार्यसमितिमा पेस गरिनेछ। केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि मात्र यसलाई अन्तिम स्वीकृतिका लागि भोलिदेखि सुरु हुने महाधिवेशनको बन्दसत्र (हल) मा पेस गरिने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया