×

माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डे टानको अध्यक्षमा निर्वाचित

images

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । प्रत्यासी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कांग्रेसको असन्तुष्ट खेमाले पाण्डेलाई सघाएको थियो। पाण्डे निर्वाचित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानै खुसी बाँड्ने अवसर मिलेको भन्दै प्रतिक्रिया जनाएका छन्।

‘शुभ प्रभात! बिहानै खुशीको खबर बाड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीहरूलाई हार्दिक बधाई छ। तपाईंहरूको अथक मिहिनेत र जुझारु एकताले अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दह्रो जवाफ भएको छ। हार्दिक शुभकामना व्यक्त गर्दछु!,’ अध्यक्ष प्रचण्डले फेसबुकमा लेखेका छन्। 

पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत ल्याए । यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् ।  उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराका हुन्  । चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा वरिष्ठ उपाध्यक्षमा विजयी भए । प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्सालर द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भए ।

सचिवमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले विजयी भए । सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा चयन भए । पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्य पदमा निर्वाचित भएका छन् । 

मङ्गलबार १८ भदौ २०८१ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया