काठमाडौँ । नेपाली अलराउण्डर क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० क्रिकेटको अलराउन्डरको वरियतामा एक स्थान तल झरेका छन् ।
आइसीसीले जारी गरेको नयाँ वरियतामा यस अघि दोस्रो स्थानमा रहेका दीपेन्द्र तेस्रो स्थानमा पुगेका हुन् । दिपेन्द्र २०९ रेटिंगका साथ तेस्रो स्थानमा रहेका छन् । टी-२० क्रिकेटको अलराउन्डर वरियताको शिर्ष स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् भने दोस्रो स्थानमा एक स्थानको सुधार गर्दै अफगानिस्तानका मोहमद नाबी दोस्रो स्थानमा उक्लिएका छन् ।
त्यस्तै चौथो स्थानमा वेस्ट इन्डिजका रोस्टन चेज रहेका छन् । त्यस्तै नेपालका कुशल भुर्तेल अलराउन्डरको सूचीमा ३४औं स्थानमा छन् ।
प्रतिक्रिया